२५ मंसिर २०८०, सोमबार | December 11, 2023

विश्वभर द्वन्द्व निम्तनुको प्रमुख कारक अमेरिका रहेको चीनको आरोप



बेइजिङ । चीनले विश्वभर द्वन्द्व निम्तनुको प्रमुख कारक अमेरिका रहेको आरोप लगाएको छ।

चीनका विदेशमन्त्री वाङ यीले शनिबार आफ्नो देश चीनलाई भने सबै देशको रक्षक र मित्रवत छिमेकीको संज्ञा दिँदै अफगानिस्तान, इरान लगायत विश्वका धेरै स्थानमा द्वन्द्व निम्तनुमा अमेरिका कारक रहेको बताएका हुन् ।

शनिबार राजधानी बेइजिङमा सिंवा युनिभर्सिटीले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्बन्ध सम्मेलनलाई सम्बोधन गर्दै वाङले विश्वका हरेक द्वन्द्वमा अमेरिकाको प्रत्यक्ष संलग्न देखिएको पनि बताए ।

वाङले अमेरिकी इन्डो–प्यासिफिक रणनीतिको पनि आलोचना गर्दै इन्डो–प्यासिफिक रणनीति भित्र भद्दा शीतयुद्धको मानसिकता भएको उल्लेख गरे। ,‘इन्डो–प्यासिफिक रणनीतिको उद्देश्य भू–राजनीतिक संघर्षमा चीन विरोधी देशहरुको एउटा विशेष घेरा बनाउनु हो। वाङले भने, – ‘इतिहासमा पछाडि हिंडिरहेको छ जुन शीतयुद्ध मानसिकताको पुनरावृत्ति हो जसलाई रद्दीको टोकरीमा फ्याँक्नु आवश्यक छ।’

चीनलाई घेर्ने रणनीतिअनुसार अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अवलम्बन गरेको इन्डो–प्यासिफिक रणनीतिलाई हाल जो बाइडेन प्रशासनले पनि चीनविरुद्ध सोही नीति लिएको देखिएको छ।

यद्यपी वाङले आजको चीन सयवर्ष अगाडिको चीन नभएको बताउँदै चीनको क्षमतालाई नजरअन्दाज नगर्न चेतावनी दिए।

बिहीबार मात्र चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीमा राष्ट्रपति सी चिनफिङले चीन अर्काले दबाउने शक्ति नभएको र मुखभरी जवाफ दिनसक्ने राष्ट्र भएको बताएका थिए। एससीएमपी

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ९ : १० बजे

संघीय संसदको महासचिवमा पदम पाण्डे सिफारिस

काठमाडौं । संघीय संसदका महासचिवमा सचिव पदमप्रसाद पाण्डे सिफारिस भएका

संघीय संसदका महासचिव भरतराज गौतमले दिए राजीनामा

काठमाडौं। संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले पदबाट राजीनामा

प्रि–ओपन सेसनमा नेप्से सूचक २५.५५ अंकले बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा नेप्से

अन्तर्राष्ट्रिय उडान नभएसम्म गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालीन धर्ना

भैरहवा। रुपन्देहीका संघ संस्था तथा व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल अगाडि अनिश्चितकालिन

यसरी फेरियो पुम्दीकोटको परिचय

कास्की । पोखरा घुम्न आएका पर्यटक पोखरा बजार र आसपासको