बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल पक्षका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका ईन्चार्ज युवराज ज्ञवालीले अदालतलाई संविधान संशोधनको अधिकार नभएको बताएका छन् । प्रचण्ड-नेपाल पक्षले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले अदालत र न्यायाधीसको काम संविधानको व्याख्या गर्ने मात्र भएको संविधान संशोधन गर्ने नभएको बताए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर…