७ आश्विन २०८३, बुधबार | September 23, 2026

अत्यधिक गर्मीको कारण क्यानडामा ६० जनाको मृत्यु



एजेन्सी । अत्यधिक गर्मीले क्यानडामा कम्तिमा ६० जनाको मृत्यु भएको छ । पश्चिमी प्यासिफिकको तटिय क्षेत्रमा चलेको तातो हावाले जनजिवन अस्तव्यस्त बनाएको छ ।

ब्रिटिश कोलम्बिया प्रान्तको लिएटन शहर गर्मीबाट सबैभन्दा बढी प्रभावित भएको छ । अधिकारीहरुका अनुसार पछिल्लो दुई दिनमा ६० भन्दा बढीको आकस्मिक मृत्यु भएको खबर आएको छ ।

चरम गर्मीका कारण ज्यान गुमाउनेहरुमा ज्येष्ठ नागरिकहरु बढी छन् । लिएटन शहरमा हिजो अहिलेसम्मकै बढी ४७ दशमलव ९ डिग्रि सेल्सीयस तापक्रम मापन गरिएको छ ।

अघिल्लो हप्तासम्म क्यानडाको कुनैपनि प्रान्तमा ४५ डिग्रिभन्दा बढी तापक्रम पुगेको थिएन । विज्ञहरुले गर्मी अझै केही दिन बढ्नसक्ने भएकोले सतर्क रहन अपिल गरेका छन् ।

प्रकाशित मिति : १६ असार २०७८, बुधबार  ६ : ५७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई