गण्डकी । एकै लहरमा ढुङ्गाले छाइएका आकर्षक घर । मौलिकता झल्काउने झ्यालढोका । रातोमाटो र कमेरोले लिपिए चिटिक्क पारिएका छन् । गाउँभित्रका प्रत्येक गल्लीमा घरका दैलोसम्म पुग्न ढुङ्गाका छपनी बिछ्याइएको छ । गाउँभित्र हिँड्नका लागि कलात्मक सिँढी छन् र ठाउँ–ठाउँमा फोहर फाल्ने ड्रम तथा सार्वजनिक शौचालय बनाइएका छन् । जीवनमा एकपटक पुग्नैपर्ने गाउँ हो पर्वत…