काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षले संसद विघटनविरुद्ध आज (मङ्गलबार) देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । गएको पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले पुस १४ गते संसद विघटनविरुद्ध देशव्यापी जनप्रदर्शन गर्ने निर्णय गरेको थियो । प्रदर्शनका लागि पार्टीका शीर्ष नेता देशभर खटिएका छन् । नेकपाले काठमाडौंको भृकुटीमण्डमा मध्याह्न…