काठमाडौं । सरकारले डाक्टर गोविन्द केसीलाई अनसन अन्त्य गर्न आग्रह गरेको छ । सरकारी वार्ता टोलीले शनिबार विज्ञप्ति जारी गर्दै अनसन अन्त्य गर्न डा. केसीलाई आग्रह गरेको हो । शिक्षामन्त्रीसहित सरकारी वार्ता टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेपछि जारी गरिएको विज्ञप्तिमा डा. केसीसँग यसअघि भएका सम्झौतालाई योजनावद्ध रुपमा कार्यान्वयन गरिँदै आएको जनाइएको छ ।…