७ आश्विन २०८३, बुधबार | September 23, 2026

नेकपा प्रचण्ड–नेपाल समुहको केन्द्रीय कमिटी बैठक बस्दै



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समुहको केन्द्रीय कमिटी बैठक बस्दैछ ।

काठमाडौंको बबरमहलस्थित एक पार्टी प्यालेसमा हुने बैठकमा सहभागी बन्न केन्द्रीय सदस्यहरु पुग्ने क्रम जारी छ ।

नेकपाका वैधानिक ४४१ सदस्यीय केन्द्रीय कमिटीमा ६५ प्रतिशत बढी केन्द्रीय सदस्यहरु प्रचण्ड–नेपाल समुहका रहेका छन् ।

केन्द्रीय कमिटी बैठक बस्नुअघि एजेण्डा तय गर्न स्थायी कमिटीका सदस्यहरुबीच छलफल भएको छ । यसअघि गत आइतबार बसेको सो समुह निकट स्थायी कमिटी सदस्यहरुको बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको थियो । सो निर्णय आजको केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गर्ने मुख्य एजेण्डा रहेको छ । बैठकले ओलीलाई कारवाही गरेर सो ठाउँमा वरिष्ठ नेता माधवकुमार नेपाललाई चयन गर्ने सम्भावना रहेको छ ।

यसअघि नेकपाको ओली पक्षले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सम्पन्न गरेको छ । सो समुहले ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ भने पार्टीको प्रवक्तामा नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई नियुक्त गरेको छ ।

 

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  १ : ३६ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज