बुटवल । नेपाली कांग्रेस रूपन्देहीले प्रदेश राजधानीको सरकारी प्रस्ताव विरूद्ध भोलि रूपन्देही बन्दको आह्वान गरेको छ । प्रदेश ५ को स्थायी राजधानी दाङ र अर्घाखाँचीको सीमाना भालुवाङ राख्ने प्रस्ताव विरूद्ध रुपन्देही कांग्रेसले आन्दोलन घोषणा गरेको हो। शनिबार बसेको काँग्रेस बैठकले आन्दोलनको विकल्प नभएको निस्कर्ष निकालेको छ । बन्दको अघिल्लो दिन बुटवल उपमहानगरका सबै वडामा मशाल…