८ बैशाख २०८१, शनिबार | April 20, 2024

प्रतिनिधिसभा विघटनविरुद्धको रिटको सुनुवाई आज, कस्तो बन्ला पुनर्गठित इजलास ?



काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज संबैधानिक इजलासमा सुनुवाई हुदै छ । यस अघि इजलास गठनमा विवाद भएपछि संवैधानिक इजलास पुनः गठनको प्रक्रिया अघि बढेपछि आजदेखि शुरु हुने सुनुवाईमा कस्तो इजलास गठन होला भन्ने कौतुहलता बढेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संवैधानिक इजलासमा न्यायाधीशद्व केसी र श्रेष्ठले नेकपा पार्टी एकता र दर्ताको पुनरावलोकन अनुमति दिने फैसला गरेको विषयलाई लिएर प्रश्न उठाइएको थियो । यही विवाद लम्बिएर सुनुवाइ प्रभावित भएपछि प्रधानन्यायाधीश जबराले वरिष्ठताका आधारमा नयाँ संवैधानिक इजलास गठन गर्ने निर्णयसहित आजका लागि पेशी तोकेका हुन ।

जेठ १३ गते शुक्रबारबाट सुरु भएको सुनुवाइमा आइतबार पनि इजलास गठनकै विषयमा बहस भयो । मंगलबार पनि विषयवस्तुले प्रवेश नै पाएको थिएन । इजलास गठनको विवादमा न्यायाधिश इजलासमा बस्न नहुने भन्ने मात्र कुरा उठेन, यस पटक इजलासमा भएका दुई वरिष्ठतम् न्यायाधीश कार्की र न्यायाधीश डा भट्टराईले इजलासबाट आफूहरू अलग हुने राय सुनाए ।

न्यायाधीश द्वय कार्की र भट्टराईले आफूहरु इजलासबाट अलग रहने र प्रधानन्यायायाधीशले आगामी दिनमा संवैधानिक इजलास विवेकसम्मत रुपमा गठन गरेमा आफूहरु बस्न तयार रहेको बताएका थिए ।

प्रधानन्यायाधिश राणाले गएको शुक्रबार नागरिकता सम्बन्धि अध्यादेशको सुनुवाईका लागि वरिष्ठताको आधारमा इजलास गठन गरेर आजपनि यसैलाई निरन्तरता दिने संकेत गरेका छन् । प्रधानन्यायाधीश राणाले आफ्नो अध्यक्षतामा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको इजलास गठन गरेका थिए ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ७ : ०२ बजे

चिनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ । एप्पलले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

चेन्नई सुपर किंग्सविरुद्ध लखनउको ८ विकेटको जित

काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न

एसीसी प्रिमियर कपमा तेस्रो स्थानको लागि आज नेपाल र हङकङ खेल्दै

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेल आज हुदैँछ

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुँदै

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि

आजको मौसम : देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै

काठमाडौं । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक