१६ श्रावण २०८३, शनिबार | August 1, 2026

प्रतिनिधिसभा विघटनविरुद्धको रिटको सुनुवाई आज, कस्तो बन्ला पुनर्गठित इजलास ?



काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज संबैधानिक इजलासमा सुनुवाई हुदै छ । यस अघि इजलास गठनमा विवाद भएपछि संवैधानिक इजलास पुनः गठनको प्रक्रिया अघि बढेपछि आजदेखि शुरु हुने सुनुवाईमा कस्तो इजलास गठन होला भन्ने कौतुहलता बढेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संवैधानिक इजलासमा न्यायाधीशद्व केसी र श्रेष्ठले नेकपा पार्टी एकता र दर्ताको पुनरावलोकन अनुमति दिने फैसला गरेको विषयलाई लिएर प्रश्न उठाइएको थियो । यही विवाद लम्बिएर सुनुवाइ प्रभावित भएपछि प्रधानन्यायाधीश जबराले वरिष्ठताका आधारमा नयाँ संवैधानिक इजलास गठन गर्ने निर्णयसहित आजका लागि पेशी तोकेका हुन ।

जेठ १३ गते शुक्रबारबाट सुरु भएको सुनुवाइमा आइतबार पनि इजलास गठनकै विषयमा बहस भयो । मंगलबार पनि विषयवस्तुले प्रवेश नै पाएको थिएन । इजलास गठनको विवादमा न्यायाधिश इजलासमा बस्न नहुने भन्ने मात्र कुरा उठेन, यस पटक इजलासमा भएका दुई वरिष्ठतम् न्यायाधीश कार्की र न्यायाधीश डा भट्टराईले इजलासबाट आफूहरू अलग हुने राय सुनाए ।

न्यायाधीश द्वय कार्की र भट्टराईले आफूहरु इजलासबाट अलग रहने र प्रधानन्यायायाधीशले आगामी दिनमा संवैधानिक इजलास विवेकसम्मत रुपमा गठन गरेमा आफूहरु बस्न तयार रहेको बताएका थिए ।

प्रधानन्यायाधिश राणाले गएको शुक्रबार नागरिकता सम्बन्धि अध्यादेशको सुनुवाईका लागि वरिष्ठताको आधारमा इजलास गठन गरेर आजपनि यसैलाई निरन्तरता दिने संकेत गरेका छन् । प्रधानन्यायाधीश राणाले आफ्नो अध्यक्षतामा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको इजलास गठन गरेका थिए ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ७ : ०२ बजे

धनुषा र सिरहा कर्फ्यु : बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

जनकपुरधाम । धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न

सिरहा घटना : मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति

सिरहा । सुनसरीको देवानगञ्ज घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका

चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान