७ आश्विन २०८३, बुधबार | September 23, 2026

बाँकेका ३ अस्पतालमा थप ४ कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । राती ७ घण्टाका बीचमा बाँकेका ३ वटा अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मध्यराती ११ः२५ बजेबाट बिहान ६ बजेका बीचमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

डीसीएमसी बाँकेका अनुसार जेठ १० गते भेरी अस्पताल भर्ना भएका बाँसगढी ८ बर्दियाका ३९ वर्षिय पुरुषको राती १२ः४५ बजे मृत्यु भएको थियो भने जेठ १ गते भेरीमै भर्ना भएका ठाकुरबाबा २ बर्दियाका ५५ वर्षिय पुरुषको बिहान ५ः३० बजे मृत्यु भएको छ । त्यसैगरि जेठ ७ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुर भर्ना भएका बैजनाथ ३ बाँकेका ३३ वर्षिया महिलाको राती ११ः२५ बजे र ७ गते नै गुनाईटेड अस्पताल नेपालगन्ज भर्ना भएका नेपालगन्ज १ की ४५ वर्षिया महिलाको बिहान ६ः०५ बजे मृत्यु भएको छ ।

आज सम्ममा बाँकेमा उपचारका क्रममा बाँके जिल्ला भित्रका ३०२ जना र जिल्ला बाहिरका ३१३ जनाको मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज वलीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ७ : ३७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई