७ चैत्र २०८२, शनिबार | March 21, 2026

डोटी चवराचौतारा जीप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ४ पुग्यो, ४ घाइते

डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं.७ चवराचौतारामा भएको जीप दुर्घटना परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका तीन वर्षीय बालक मुकुन्द अवस्थीको उपचारका लागि दिपायल ल्याउँदै गर्दा बीच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका निज बालकलाई गाउँपालिका उपाध्यक्ष भगवती बमले…