१२ बैशाख २०८१, बुधबार | April 24, 2024

नेकपा एमाले स्थायी कमिटी बैठक बस्दै



काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ । यसअघि दुई पटकसम्म स्थगित भएको बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

आजको बैठकमा आर्थिक वर्ष २०७८/७९ को बजेटको समीक्षा, स्पष्टीकरण सोधिएका पार्टीबाट निष्काशित माधव नेपाल पक्षका १२ जना सांसदहरूको जवाफ र कारबाहीका विषयमा छलफल हुने कार्यसूचि छ ।

सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टीकरण पत्र पठाइएको थियो । तर, उनीहरूले कुनै जवाफ दिएका छैनन् । यसअघि नै माधव नेपाल, भीम रावल नेताहरुलाई एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिसकेको छ ।

हाल भएको २ वटा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा एमाले पराजित भएको छ । त्यसमा नेपाल पक्षले विपक्षी उम्मेदवारलाई मतदान गरेका कारण पराजय भएको निष्कर्ष एमालेको छ ।

यसैबिच सोमबार राति अबेरसम्म याक एन्ड यति होटलमा एमालेका दोस्रो तहका नेताले पार्टीमा एकता कायम गर्ने प्रयासमा छलफल गरेका थिए ।

भेटवार्तामा अध्यक्ष केपी शर्मा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली तथा नेपाल पक्षबाट नेता पाण्डेसहित घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहभागी भएका थिए ।

आज बस्ने स्थायी कमिटी बैठकले १२ नेताहरुलाई समेत कारवाही गर्ने संस्थापन पक्षको तयारी थियो । वार्ता सकारारात्मक भएको भन्दै एक नेताले नेताहरुमाथिको कारवाही रोकिनसक्ने बताए ।

दुई दिनसम्म स्थायी कमिटी बैठक स्थगित हुँदै आएका छन् । दोस्रो वरियताका नेताहरुकै आग्रहमा दुई दिन बैठक स्थगित भएको बुझिएको छ ।

माधव नेपाल पक्षमा लागेका दोस्रो वरियताका नेताहरु पनि एमालेबाट आफूहरुलाई नहटाओस भन्ने पक्षमा देखिएकाले पनि बैठक स्थगित हुँदै आएको एक स्थायी कमिटी सदस्यले बताए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  १० : २५ बजे

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल