काठमाडौं । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्राध्यापक डाक्टर दिव्या सिंह शाहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक समेत रहेकी शाहलाई कोरोना संक्रमण भएको आफैले पुष्टी गरेकी छिन् । शाहलाई हिजो शुक्रबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । शाहले अहिले आफु होम आइसोलेसनमा बसेको बताएकी छिन् ।…