काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गर्दै एमाले माओवादी केन्द्र ब्युँताउने फैसला विरुद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुनरावलोकनका लागि सर्वोच्च अदालत पुगेका छन् । अध्यक्ष प्रचण्डसहित माओवादी केन्द्रका नेताहरु कानुनव्यवायीहरुसँग सर्वोच्च पुगेर न्यायिक पुनरावलोकन निवेदन दर्ता गराएका छन् । पुनरावलोकन गराउन प्रचण्डसहित नेताहरु कृष्णबहादुर महरा, दीनानाथ शर्मा, हरिबोल गजुरेल, वर्षमान पुन लगायतका…