२१ भदौ २०८३, आइतबार | September 6, 2026

सुदुरपश्चिम एमाले संसदीय दलका नेताले सोधे ओली पक्षका सांसदलाई २४ घण्टे स्पष्टीकरण



धनगढी । नेकपा एमालेको सुदुरपश्चिम प्रदेश संसदीय दलका नेताले ओली पक्षका सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।

संसदीय दलका नेता प्रकाशविक्रम शाहले सांसद पठानसिंह बोहोरालाई दलको बैठकको विषयमा सार्वजनिक संचारमाध्यममा आफुखुशी टिप्पणी गरेकोबारे स्पष्टीकरण सोधेका हुन् ।

ओली पक्षका प्रदेश अध्यक्ष कर्णबहादुर थापाले तीन जना मन्त्रीलाई स्पष्टीकरण सोधेको दुई दिनपछि नेपाल–खनाल पक्षका शाहले ओली पक्षका बोहोरालाई स्पष्टीकरण सोधेका छन् । शाहले बोहोरालाई दलको बैठकमा सहभागी भई हस्ताक्षर गरेर पनि निर्णयविपरित सार्वजनिक अभिव्यक्ति दिएको भन्दै आइतबारसाँझ ५ बजेसम्म स्पष्टीकरण बुझाउन निर्देशन दिएका छन् ।

बोहोरालाई दलको निर्णय कार्यान्वयनमा बाधा पग्ने गरी गुटबन्दी गरेको आरोप लगाइएका छ । यस्तै, प्रदेश सरकारमा सहभागीता वृद्धि गर्ने संसदीय दलको निर्णयबारे भ्रम सिर्जना गरेको आरोप समेत लगाइएको छ । साँझ ५ बजेसम्म तथ्यगत जवाफ नदिए संसदीय दलको विधान २०७७ बमोजिम कारवाही गर्ने पत्रमा उल्लेख गरिएको छ ।

गतसोमबार एमाले स्थायी कमिटी बैठकले प्रदेशसरकारबाट बाहिरिन र सरकारलाई दिँदै आएको समर्थन समेत फिर्ता गर्न आफ्ना मन्त्रीहरुलाई निर्देशन दिएको थियो । तर, त्यो निर्देशन विपरित सदुरपश्चिम संसदीय दलले प्रदेशसरकारलाई थप मजबुद बनाउँदै सरकारमा आफ्ना मन्त्रीहरु थप्ने निर्णय गरेको थियो । पार्टीको निर्णय उल्लंघन गरेको आरोप लगाउँदै प्रदेश अध्यक्ष कर्ण थापाले संसदीय दलका नेता शाहसहित तीन जना मन्त्रीलाई स्पष्टीकरण सोधेका थिए ।

२५ सदस्यीय रहेको सुदुरपश्चिम प्रदेशसभा संसदीय दलमा ओली पक्षका ६ जना मात्र सांसद रहेका छन् । त्यसकारण यहाँ ओली पक्षको इच्छाअनुसार संसदीय दल चल्न सकेको छैन ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ११ : ४१ बजे

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७