२९ माघ २०८१, मंगलबार | February 12, 2025

सुदुरपश्चिम एमाले संसदीय दलका नेताले सोधे ओली पक्षका सांसदलाई २४ घण्टे स्पष्टीकरण



धनगढी । नेकपा एमालेको सुदुरपश्चिम प्रदेश संसदीय दलका नेताले ओली पक्षका सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।

संसदीय दलका नेता प्रकाशविक्रम शाहले सांसद पठानसिंह बोहोरालाई दलको बैठकको विषयमा सार्वजनिक संचारमाध्यममा आफुखुशी टिप्पणी गरेकोबारे स्पष्टीकरण सोधेका हुन् ।

ओली पक्षका प्रदेश अध्यक्ष कर्णबहादुर थापाले तीन जना मन्त्रीलाई स्पष्टीकरण सोधेको दुई दिनपछि नेपाल–खनाल पक्षका शाहले ओली पक्षका बोहोरालाई स्पष्टीकरण सोधेका छन् । शाहले बोहोरालाई दलको बैठकमा सहभागी भई हस्ताक्षर गरेर पनि निर्णयविपरित सार्वजनिक अभिव्यक्ति दिएको भन्दै आइतबारसाँझ ५ बजेसम्म स्पष्टीकरण बुझाउन निर्देशन दिएका छन् ।

बोहोरालाई दलको निर्णय कार्यान्वयनमा बाधा पग्ने गरी गुटबन्दी गरेको आरोप लगाइएका छ । यस्तै, प्रदेश सरकारमा सहभागीता वृद्धि गर्ने संसदीय दलको निर्णयबारे भ्रम सिर्जना गरेको आरोप समेत लगाइएको छ । साँझ ५ बजेसम्म तथ्यगत जवाफ नदिए संसदीय दलको विधान २०७७ बमोजिम कारवाही गर्ने पत्रमा उल्लेख गरिएको छ ।

गतसोमबार एमाले स्थायी कमिटी बैठकले प्रदेशसरकारबाट बाहिरिन र सरकारलाई दिँदै आएको समर्थन समेत फिर्ता गर्न आफ्ना मन्त्रीहरुलाई निर्देशन दिएको थियो । तर, त्यो निर्देशन विपरित सदुरपश्चिम संसदीय दलले प्रदेशसरकारलाई थप मजबुद बनाउँदै सरकारमा आफ्ना मन्त्रीहरु थप्ने निर्णय गरेको थियो । पार्टीको निर्णय उल्लंघन गरेको आरोप लगाउँदै प्रदेश अध्यक्ष कर्ण थापाले संसदीय दलका नेता शाहसहित तीन जना मन्त्रीलाई स्पष्टीकरण सोधेका थिए ।

२५ सदस्यीय रहेको सुदुरपश्चिम प्रदेशसभा संसदीय दलमा ओली पक्षका ६ जना मात्र सांसद रहेका छन् । त्यसकारण यहाँ ओली पक्षको इच्छाअनुसार संसदीय दल चल्न सकेको छैन ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आइतबार  ११ : ४१ बजे

खुकुरी प्रहार गरी दुई जनाको हत्या, आरोपित व्यक्तिको शव भेटियो

रूकुम पश्चिम । रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ

सामाजिक सञ्जालसम्बन्धी विधेयक ‘जसरी पनि’ संसदबाट पास गर्छौं : सञ्चारमन्त्री गुरूङ

काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल नियमनसम्बन्धी

माओवादी केन्द्रलाई सरकारमा जाने हतार छैन : दीनानाथ शर्मा

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव एवं गण्डकी

बाबुको हत्या आरोपमा छोरा–बुहारीसहित ६ जना पक्राउ

इलाम । इलाममा बाबुको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका

जापान पठाइदिने भन्दै १ करोड २३ लाख ठगी गर्ने युवती बाँकेबाट पक्राउ

नेपालगन्ज । जापान पठाईदिने भन्दै बिभिन्न ब्यक्तिहरुबाट करोड बढी उठाएर