काठमाडौं । खाडी मुलुक बहराईनका राजकुमार नेपालका हिमाल आरोहण गर्न काठमाडौं आइपुगेका छन् । राजकुमार नासिर बिन हामिद अल खलिफासहित १८ जनाको टोली रहेको विशेष विमान बिहान ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ । सो बिमान बहराइनको शेख ईशा एयरबेसबाट राति साढे १२ बजे नेपालका लागि प्रस्थान गरेको थियो ।…