४ बैशाख २०८१, मंगलबार | April 16, 2024

अन्योलमा एमालेकाे कार्यदल बैठक



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा पार्टी निर्देशनविपरीत आधिकारिक उम्मेदवारविरुद्ध मतदान गर्ने र निर्णय अवज्ञा गर्ने प्रवृतिलाई ‘अत्यन्त गम्भीरता’साथ भत्र्सना गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको पार्टी स्थायी कमिटी बैठकले बाग्मती प्रदेशतर्फ राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा पार्टी निर्देशन अवज्ञा गर्ने कार्य भएको निष्कर्ष निकालेको हो ।

‘बैठकले बाग्मती प्रदेशमा सम्पन्न राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा देखापरेका पार्टी निर्देशनविपरीत आधिकारिक उम्मेदवारविरुद्ध मतदान गर्ने र निर्णय अवज्ञा गर्ने प्रवृत्तिलाई अत्यन्त गम्भीरतासाथ लिँदै भत्र्सना गरेको छ,’ बैठकपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपासंग मिलेर डा। खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएका थिए । बिहीबार भएको मतदानमा नेपाल समूहले देवकोटालाई मतदान गरेको छ । एमाले उम्मेदवार रामबहादुर थापा ‘बादल’ भए ।

बैठकमा प्रधानमन्त्री ओलीले कोभिड बढ्दो प्रकोप र यसविरुद्ध जारी प्रयास सम्बन्धमा समेत जानकारी गराए । महामारीविरुद्ध बाह्य सहयोग जुटाउन, अक्सिजन, अत्यावश्यक औषधि र स्वास्थ्य सामग्री कमी हुन नदिन, एकीकृत ढंगले कोभिडविरुद्ध लड्न आवश्यक कानुनी र संरचना व्यवस्था गर्न एवं जनजीवन रक्षाका लागि ‘कुनै कमी हुन नदिने निर्णय बैठकले गरेको छ ।

कार्यदल बैठक अन्योलमा

पार्टीभित्रको विवाद मिलाउन गठित कार्यदल बैठक बिहीबार बस्न सकेन । बुधबार बस्ने भनिएको बैठक बस्दै नबसी स्थगित भएको थियो ।

राष्ट्रिय सभा सदस्य उपननिर्वाचनमा पार्टीभित्रै दुई समूह देखिएपछि विवाद समाधानका लागि गठित कार्यदल बैठक अन्योलमा परेको हो ।

एमाले नेता एवं कार्यदल सदस्य सुवासचन्द्र नेम्वाङले बैठक विशेष कारण बिहीबार बस्न नसकेको बताए । बैठक शुक्रबार दिउँसो बस्ने उनले जानकारी दिए ।

एमाले नेता एवं कार्यदलका अर्का सदस्य रघुजी पन्तले अन्य सदस्य व्यस्त भएकाले बैठक शुक्रबारका लागि सारिएको प्रस्ट पारे । आज बैठक बसेर पार्टी एकता विषयमा छलफल हुने उनको कथन छ । राजधानी दैनिकमा सुभाष साहले लेखेका छन ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ७ : ५० बजे

स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंक लिमिटेडका ग्राहकहरुलाई बिशेष छुट

काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ग्राहकहरूले स्काइवाक टावरको अवलोकन भ्रमण

२ सय ७२ किलो गाँजासहित कन्टेनर र चालक नियन्त्रणमा

बुटवल । सशस्त्र प्रहरीले २७२ किलो गाजासहित ट्रक र चालकलाई

बुटवलको सिद्धार्थ कटेजलाई थ्रि स्टार स्टीकर प्राप्त

बुटवल । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रालिद्धारा संचालित बुटवलको

सुदूरपश्चिममा एकीकृत समाजवादीको यूटर्न, लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता

धनगढी । सुदूरपश्चिममा एकीकृत समाजवादीले यस अघि लक्ष्मणकिशोर चौधरीलाई दिएको

कतारले साउदी अरेबियालाई हराएपछि नेपाल बन्यो समुह विजेता

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत कतारले साउदी अरेबियालाई पराजित