काठमाडौं । केही दिन अघि कोरोना भाइरसको संक्रमण पुष्टि भएका काँग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् । आफ्नै घरमा आइसोलेसनमा बसेका महामन्त्री कोइरालालाई अकस्मात ज्वरो आएपछि अस्पताल भर्ना गरिएको हो । त्यसअघि कोइरालालाई कोरोनाको कुनै लक्षण देखिएको थिएन । कोइरालालाई १०३ डिग्री फरेनहाइट ज्वरो आएपछि ओम अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ…