काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री कार्यालयले राष्ट्रपति समक्ष गौतमको मनोनय सिफारिसका लागि बुधबार पत्र पठाएको हो । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित हुने एक कोटा बाँकी छ । सत्तारुढ नेकपाले गौतमलाई सोही पदमा मनोनयन गर्नुपर्ने निर्णय गर्दै सरकारलाई अनुरोध गरेको…