१२ असार २०८३, शुक्रबार | June 26, 2026

मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गरेको छ। केहीबेरअघि सम्पन्न मन्त्रिपरिषद् बैठकले अर्थमन्त्रीले संसदमा प्रस्तुत गर्ने बजेट स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बताए। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा अबको केही समयपछि बजेट भाषण गर्नेछन् ।