काठमाडौं । राष्ट्रिय सभामा बागमती प्रदेशबाट रिक्त स्थानमा डाक्टर खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाइने भएको छ । माओवादी केन्द्र, कांग्रेस र एमालेको माधव नेपाल पक्षले स्वतन्त्र बुद्धिजीवि डा. देवकोटालाई साझा उम्मेदवार बनाउने निर्णय गरेका हुन् । देवकोटा नेपाल निकट बुद्धिजीवि मानिन्छन् । विकास अर्थशास्त्रमा विद्यावारिधि गरेका देवकोटा संघीयताका विज्ञ हुन् । देवकोटाले प्रधानमन्त्री कार्यालय र…