नेपालगन्ज । बाँकेमा एकै दिनमा ६७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमित मध्य ५१ जना कोहलपुरका मात्र छन् भने १५ जना नेपालगन्ज उपमहानगरका हुन् । १ जना बैजनाथ गाँउपालिकाका स्थानीयमा पनि संक्रमण पुष्टि भएको छ । जिल्लामा एकै दिनमा ६७ संक्रमित थपिएको बांकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले पुष्टि गरे ।…