४ बैशाख २०८१, मंगलबार | April 16, 2024

कोरोना अस्थायी अस्पतालमै संक्रमितले गरे आत्महत्या



बुटवल । रुपन्देहीको सैनामैनामा एक जना कोरोना संक्रमितले कोरोना अस्थायी अस्पतालमै आत्महत्या गरेका छन्।

सैनामैना नगरपालिकाले वनकट्टामा सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा सैनामैना रानिबगियाका ४० वर्षीय पुरुषले झुण्डिएर लगाएर आत्महत्या गरेको प्रहरी कार्यालय मुर्गियाले जनाएको छ ।

प्रहरीका अनुसार ती पुरुषले अस्थायी अस्पतालकै शाैचालयमा पासो लगाएको अवस्थामा फेला परेका थिए । मृतक १६ गते देखि सो कोरोना अस्थायी अस्पतालमा भर्ना थिए ।

अस्पतालमा रहँदा सबैसँग घुलमिल गर्ने र मिजासिला उनी आइसोलेसन अवधि पुरा गरेर एकदुईदिनमा घर जाने अवस्थामा रहेको सैनामैना नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीले बताए । शुक्रबार दिनभरी अस्पतालले संचालन गरेको योग शिविर, प्रवचन लगायतमा सक्रिय सहभागी भएका उनी बिहान पासो लगाएको अवस्थामा फेला परेको पन्थीले जानकरी दिए ।

मृतकको शव पोष्टमार्टमका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  १२ : ३८ बजे

दुई तेस्रो लिङ्गीसहित इलाम-२ मा पाँच सय ४७ मतदाता थपिए

इलाम । यही वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनका

भोजपुरको सन्तानेश्वर मन्दिर संरक्षणमा जुटे स्थानीय

भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिका-५ सुप्लाको दोस्रो हलेसी मानिएको चारढुङ्गे

कार्यवाहक अर्थमन्त्रीको जिम्मा नारायणकाजीलाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थ मन्त्रीको कार्यभार परराष्ट्रमन्त्री

रवि लामिछाने सहकारी प्रकरण : अनुसन्धानमा २ करोड ऋण लिएको देखियो, अभियोग लागेन

बुटवल । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट उपप्रधान एवं

प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता