अर्घाखाँची । १९ दिनकी सुत्केरी २० वर्षीया विमला नेपाली एक सातादेखि शितगङ्गा नगरपालिका-१२ कोठियाको पौवामा बसेर शिशुको स्याहारसुसार गरहेकी छन् । यही ९ असोजमा दिउँसो घर पहिराेले लगेपछि उनी बच्चालाई लिएर पौवामा बस्न बाध्य भएकी हुन् । ‘बस्दै आएको घर पहिराेले भत्किएपछि पौवामा बसेर ज्यान जोगाएका छौँ । बच्चालाई जेनतेन स्याहार गरेकी छु,’ उनले भनिन्,…