१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

नेपाल पक्षलाई ओलीको चेतावनी : गल्ती स्वीकार गर अवसर दिन्छौं, गुटगत गतिविधि गर्न छुट छैन



काठमाडौं । प्रधानन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कसैसँग पनि गुटगत हिसाबले छलफल हुने स्पष्ट पारेका छन् ।

बल्खुमा एमाले केन्द्रीय कार्यालय भवनको शिलन्यास गर्दै अध्यक्ष ओलीले आफुले पार्टीलाई क्षति नहोस भनेर नेताहरुलाई व्यक्तिगत रुपमा सम्झाई-बुझाई गर्नेमा केन्द्रित रहेको दाबी गर्दै गुटगत हिसाबले कसैसँग छलफल गर्ने बताएका हुन् ।

ओलीले भने, ‘व्यक्तिगत तवरमा कुराकानी गर्न सकिन्छ। तर समूहगत रूपमा कुनै गुटको प्रतिनिधित्व गर्नेसँग कुरा गर्न सकिँदैन,’ उनले भने, ‘अब पार्टीमा गुट चल्दैन। दुवैतर्फ बराबर मानिस भएर डोरी तान्न सकिँदैन। बरू डोरी चुँडिएला कोही कतै जाँदैन।’

 

यो पनि पढ्नुहोस : सम्वादहीनता तोड्दै ओली-नेपाल भेटवार्ता, भेटवार्ताका विषयमा प्रतिक्रिया दिन दुवै नेताद्वारा अस्वीकार

 

अध्यक्ष ओलीले गल्ती महशुस गरेर आएमा अहिले कारवाहीमा पर्न लागेका नेताहरुलाई समेत अवसर दिइने बताए । तर उनले आफ्नो संवादको प्रयासलाई कमजोरी नठान्न माधव नेपाल पक्षलाई चेतावनी समेत दिए ।

अध्यक्ष ओलीले पार्टीमा समानान्तार गतिविधि गर्नेहरुलाई अझै पनि सम्झाईबुझाई गरिरहेको बताए । उनले भने, ‘हामी सम्झाइबुझाइ गरिरहेका छौं। सम्झाउने र सच्याउने प्रयास छ। हामीले पार्टीमा क्षति नहोस् भनेर कसैलाई पनि कारवाही गरेको छैन,’ ओलीले भने, ‘तर अनुशासनहीनता र अराजकतासँग हामी सम्झौता गर्दैनौं।’

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  १० : ४० बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग