तौलिहवा । कपिलवस्तु सदरमुकाम तौलिहवास्थित कपिलवस्तु जिल्ला अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि अत्यावश्यकबाहेकका सबै सेवाप्रवाह स्थगित गरिएको छ । जोखिममा रहेका कर्मचारीहरुको स्वाब रिपोर्ट नआएसम्म सेवा स्थगित गरिएको छ । सम्भावित संक्रमणबाट जोगिन आकास्मिक बाहेकका सेवा बन्द गर्नुपरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर बन्जाडेले बताए । अस्पतालको विभिन्न विभागमा कार्यरत कर्मचारीलाई कोरोना पुष्टि भएको छ ।…