काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने नियमित कोरोना ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले साउन २३ गते शुक्रबार अलग अलग स्थानमा तीन जनाको मृत्यु भएको बताएका हुन् । जसमध्ये, काठमाडौंको टोखा नगरपालिका वडा नं. ६ निवासी ४१ वर्षीया महिलाको पाटन अस्पतालमा मृत्यु भएको…