१० पुस २०८२, बिहिबार | December 25, 2025

नेपाल प्रहरी हेडक्वार्टरमा कोरोना आतंक, थप २३ जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपाल प्रहरीका सदस्यहरुलाई कोरोना भाइरसको संक्रमणले सताउन थालेको छ । प्रहरीको हेडक्वारमा कार्यरत थप २३ जना सदस्यलाई कोरोना भाइरस पुष्टि भएको छ । यसअघि गत आइतबार हेडक्वाटरमै कार्यरत ४ जनालाई भाइरस संक्रमण पुष्टि भएको थियो । आइतबार संक्रमितहरुको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा २३ जना संक्रमित थपिएको नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले बताए ।…