काठमाडौं । सशस्त्र प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षण पूर्वडिआइजी रञ्जन कोइरालाको मुद्दामा आइतबार सुनुवाइ हुने भएको छ । कैद घटाउने गरी सर्वोच्च अदालतको फैसलामा महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरावलोकनमा सुनुवाइका लागि आइतबारका लागि पेसी तोकिएको हो । पूर्वडिआइजी कोइरालाले पत्नी गीता ढकालको हत्या गरेर प्रमाण लुकाउन शव जलाएको देखिएपछि काठमाडौँ जिल्ला अदालत र ललितपुर पुनरावेदन अदालतले…