काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक शनिबारसम्म स्थगित भएको छ । गत मंगलबारदेखि नियमित एजेण्डाबाट भड्किएर शिर्ष नेतृत्वबीचको अन्तसंघर्षमा अल्मलिएको स्थायी कमिटी बैठक बिहीबार दुई पटक बसेको छ । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले संचारकर्मीहरुसँग भने, ‘पार्टी एकतामा गम्भीर संकट देखा परेको छ । संकटबाट जोगाउन शनिबारसम्मका लागि दुवै अध्यक्ष र अरु…