काठमाडौं । पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र ९ पुरुष गरी ११ जनाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार महोत्तरीमा सबैभन्दा धेरै ३ जना पुरुषको मृत्यु भएको छ । उनीहरु ६०, ७२ र ७५ वर्षका रहेका…