६ आश्विन २०८३, मंगलबार | September 22, 2026

नेकपा नेता रघुजी पन्त विरुद्ध कोमल वली अदालत जाने



काठमाडौं । नेकपाका तर्फबाट राष्ट्रिय सभाकी सांसद बनेकी गायिका कोमल वलीले नेकपाकै प्रचण्ड–नेपाल पक्षका नेता रघुजी पन्तको अभिव्यक्ति विरुद्ध अदालत जाने बताएकी छन्।

नेता पन्तले दिएको अभिव्यक्तिको भिडियो भाईरल बनेसँगै गायिका वलीले अभिव्यक्ति विरुद्ध अदालत जाने बताएकी हुन् । उनले आफु गृह जिल्ला दाङ रहेको र काठमाडौं पुगेपछि अदालत जाने जनाउँदै आफुले दाङबाटै कानुनी परामर्श सुरुगरेको जनाएकी छन् ।

प्रचण्ड–नेपाल पक्षका स्थायी समित सदस्य रघुजी पन्तले ‘लामो समयदेखि पार्टीमा योगदान दिएका नेतृहरुले राष्ट्रियसभा सदस्य र केन्द्रीय सदस्य नपाएको तर वलीले साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेर सांसद बनेको’ भनेर एक कार्यक्रममा बोलेको भिडियो यतिबेला भाईरल बनेको छ ।

पन्तको अभिव्यक्तिलाई महिलाअधिकारवादीहरुले बिरोध जनाएका छन् । पन्तको अभिव्यक्तिका बिषयमा सामाजिक सञ्जालको प्रयोग कर्ताहरुले पनि विरोध जनाएका छन् ।

गायिका वलीको राष्ट्रिय सभामा लगिएकोमा असन्तुष्टि रहँदा रहँदै पनि पन्तको अभिव्यक्ति तल्लो दर्जाको भएको ओली पक्षकी एक नेतृले नाम नबताउने सर्तमा बताईन् । उनले योगदानको मुल्याँकन नभएको सत्य भएको र योगदान नै नभएकी वलीलाई राष्ट्रिय सभाका लागि छानिनु पार्टीको गलत कदम भएपनि पन्तको भनाई समग्र महिलालाई अपमान गर्ने खालको भएको उनले बताईन् ।

नेता पन्तको भनाई सार्वजानिक भएसँगै वलीले आफ्नो फेसबुक वालमा आफूले नेता मानेका पन्त कति निच रहेछन् भन्ने कुरा बल्ल खुलेको भन्ने स्टाटस पोष्ट गरकी थिईन् ।

अघिल्लो महिनामा मात्र गायिका एवं सांसद वलीले प्रधानमन्त्री केपी ओलीको स्तुती गान सहितको ‘फेरिपनि ल्याउनु पर्छ केपी ओलीलाई’ भन्ने म्युजिक भिडियो सार्वजानिक गरेकी थिईन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार  ३ : १७ बजे

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन उच्चस्तरीय

आज चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र नीतिगत विषयमा छलफल हुने

काठमाडौं । आज संघीय संसद्का चारवटा संसदीय समितिको बैठक बस्दैछ

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज, केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिनको

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत