विराटनगर । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघबीच अन्तरराष्ट्रियस्तरको औद्योगिक प्रदर्शनीस्थल निर्माण गर्नेसम्बन्धी साझेदारीपत्रमा बुधबार हस्ताक्षर भएको छ । संगठनले पाँच वर्षका लागि भाडामा लिएको जग्गामा प्रदेश सरकार र विराटनगर महानगरपालिकाको सहकार्यमा अन्तराष्ट्रियस्तरको प्रदर्शनीस्थलको निर्माण गर्न संघको समेत साझेदारी, समानान्तर सहभागिता र दायित्व रहने छ । संगठनका अध्यक्ष भीम घिमिरेले यस क्षेत्रका उद्योगीव्यवसायीले लामो…