बुटवल । गुल्मी धुर्कोट गांउपालिका अध्यक्षमा कोरोना संक्रमण पुष्टी भएपछि गुल्मीका सबै स्थानीय तहका प्रमुख । अध्यक्ष र तिनका चालकलाई होम क्वारेन्टाइनमा राखिएको छ । पालिका अध्यक्षसंगको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा जिल्लास्थित राजनीतिक दलका प्रमुखहरुलाई पनि होम क्वारेन्टाइनमा बस्न भनिएको छ । संक्रमित अध्यक्ष सहित गुल्मीका १२ वटै स्थानीय तहका प्रमुखहरु गत आइतबार जिल्ला समन्वय समितिले…