काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १८ जना कोरोना संक्रमितको ज्यान गएको छ । मंगलबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपडेट गरेको पछिल्लो तथ्यांकअनुसार देशभर १८ जना संक्रमितले ज्यान गुमाएका हुन् । यससँगै अहिलेसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ६६३ पुगेको छ।