काठमाडौं । आज विभिन्न जिल्लामा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ । विभिन्न ठाउँका ल्याबमा गरिएको परीक्षणमा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिनुभएको हो। धनकुटा, बाँके, कपिलबस्तु र नवलपरासी पश्चिममा गरी २५ जना थपिएका हुन्…