काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकलाई समर्थन गर्ने निर्णय गरेको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको शनिबार बसेको बैठकले संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको हो । बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्न पार्टीको संसदीय दललाई निर्देशन दिएको छ । भारतले अतिक्रम गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक कालापानी…