बुटवल । नेपाल चिकित्सक संघको आह्वानमा आन्दोलनमा उत्रिएका देशैभरका चिकित्सकहरुको आन्दोलनमा चिकित्सक संघको साबिक लुम्बिनी अञ्चल शाखा बुटवलले एक्यवद्धता जनाएको छ । लुम्बिनी शाखाको अगुवाईमा यहाँका चिकित्सकहरुले विहिबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापनपत्रसहित दुई घण्टा धर्ना दिएका छन । आवासिय चिकित्सकहरुलाई तोकिएको न्युनतम पारिश्रमिक कार्यान्वयन गर्न सरकारलाई दबाब दिदै देशभरका चिकित्सकहरुको आन्दोलनका क्रममा यहाँका सचकित्सकहरु…