६ बैशाख २०८३, आइतबार | April 19, 2026

राप्रपाद्वारा जम्मुकश्मिरको घटनाप्रति दुःख व्यक्त



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा)ले भारतको जम्मुकश्मिरको पहलगाममा मङ्गलबार आतङ्कवादी समूहले पर्यटकको समूहमाथि गरेको आक्रमण गरेको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विज्ञप्ति प्रकाशित गरी उक्त आक्रमणमा परी एकजना नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएको र आक्रमणका कारण दर्जनौँ व्यक्ति घाइते भएका जनाउँदै मानवताविरोधी घटनाप्रति गहिरो दुःख प्रकट गरेका हुन् ।

पहलगाममा भएको अमानवीय र हृदयविदारक घटनाको राप्रपाले भत्र्सना गरेको अध्यक्ष लिङ्देनले बताए। उनले जुनसुकै भूगोल र जुनसुकै बहानामा हुने मानवता विरुद्धको आतङ्ककारी कार्य स्वीकार्य नहुने बताउँदै राप्रपा यस्ता आतङ्कवादी गतिविधिको सदैव विपक्षमा रहेको उल्लेख गरे ।

“यस दुःखको घडीमा छिमेकी देश भारत, भारतीय जनता र भारत सरकारप्रति सहानुभूति व्यक्त गर्दछौँ । आतङ्कवादी आक्रमणबाट ज्यान गुमाएका नेपाली नागरिक रुपन्देहीको बुटवल–११ कालिकानगरका सुदिप न्यौपानेका साथै सबै मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गर्दछौँ । साथै, घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ”, अध्यक्ष लिङ्देनद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  १२ : ४९ बजे

सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथि प्रतिबन्ध प्रयासप्रति नेकपाको आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा

काठमाडौंमा भेटियो ४ थान पेस्तोल र ५८ राउण्ड गोली

काठमाडौं । काठमाडौंको बिष्णुमती खोलाको किनारमा ठुलो परिमाणको हतियार फेला

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक आह्वान

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको

‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका