नेपालगन्ज । बाँकेको नरैनापुरमा आज पुष्टी भएका संक्रमितहरु क्वारेन्टाइनबाट भगाईएको आशंका गरिएको छ । क्वारेन्टाइनमा रहेका १३ जना संक्रमितलाई आइसोलेसन अस्पताल ल्याउन गएको एम्बुलेन्सलाई स्थानीयले अबरोध गर्दै फिर्ता पठाएकाछन् । एम्बुलेन्सलाई बाटोमैं अवरोध गरिंदा नरैनापुर गाउँपालिका वडा नं. ३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय संकरनगर कोटियाको क्वारेन्टाइनबाट संक्रमित भगाईएको आशंका गरिएको छ । प्रत्येक्षदर्शीका अनुसार,…