विर्तामोड । झापामा बसमा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ । झापाको दमकबाट विर्तामोड जाँदै गरेको मे १ ख २५४५ नम्बरको नागरिक यातायातको बसमा मृत भेटिएकी महिला मोरङ गछिया बस्ने ४३ वर्षीया सेलिङ चेम्जोङ भएको खुलेको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गतको दमक-विर्तामोड खण्डको झिलभिलेमा पुग्दा अन्य यात्रुले सिटमा महिला ढलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।…