काठमाडौं । राजावादी आन्दोलन अन्तर्गत नवराज सुबेदी समुहले अन्ततः दुर्गा प्रसाईलाई कमाण्डर तोकेको छ । सुबेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समितिले व्यवसायी दुर्गा प्रसाईंलाई राजावादी आन्दोलनको कमाण्डर तोकेको हो । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक सुबेदी स्वयंले आन्दोलनको कमाण्डरमा प्रसाईलाई चयन गरिएको जानकारी दिएका हुन् । प्रसाईंको नेतृत्वमा भोलि राजावादीहरुले काठमाडौंमा प्रदर्शन गर्दैछन् ।…