१२ असार २०८३, शुक्रबार | June 26, 2026

एमालेले १० महिनापछि फिर्ता गर्‍यो विद्या भण्डारीको सदस्यता

काठमाडौं । नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गरेको छ । सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा बसेको सचिवालय बैठकले १० महिनाअघि गरिएको निर्णय उल्टाउँदै भण्डारीलाई पुनः पार्टी सदस्यता दिने निर्णय गरेको हो। बैठकपछि पार्टी सचिव पद्मा अर्यालले पूर्वराष्ट्रपति भण्डारीलाई सदस्यता दिने निर्णय भएको जानकारी दिइन्। यसअघि २०८२ साउन…