पाल्पा । पाल्पाको माथागढी ३ भसक्ट्टामा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ । अविरल बर्षाको कारण पहिरो गई घर पुरिन जाँदा बेपत्ता भएको ३ जना मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी अधिकृत सहित संयुक्त सुरक्षा उद्दार टोलीले पुरिएको घरबाट तीन जनाको शव उद्दार गरेको हो ।
मृत्यु हुनेमा ७५ वर्षिय लिल बहादुर घर्ती, १७ वर्षिया दिना घर्ती मगर र १५ वर्षिया झरना घर्ती रहेका छन् । मृत फेला परेका तीनै जनाको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पा तर्फ पठाइएको प्रहरीले जनाएको छ ।
















प्रतिक्रिया