काठमाडौं । काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुवाहक बस धनुषामा दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। आइतबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–९ स्थित फुटबल ग्राउन्ड नजिक बागमती प्रदेश ०१-००६ ख ५२३७ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको हो। जिल्ला प्रहरी कार्यालय, धनुषाका अनुसार अर्को बसलाई ओभरटेक गर्ने क्रममा बस अनियन्त्रित भई सडकमै पल्टिएको प्रारम्भिक अनुसन्धानबाट…