काठमाडौँ । नेपाल सरकारले यही माघ ९ गते भारतको महाराष्ट्र राज्यको जलगाउँ जिल्लाको परधाडे स्टेशननजिकै भएको रेल दुर्घटनामा परी सात जना नेपालीसहित १२ जनाको मृत्यु भएको खबरप्रति दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्तिमार्फत उक्त दुर्घटनामा आफन्त गुमाएका शोकाकूल परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । उक्त रेल दुर्घटनामा…