सोमालिया । सोमालियाको राजधानी मोगादिशुको रेस्टुरेन्ट (क्याफे) मा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको सुरक्षा स्रोतले सोमबार बताएको छ । यूरो कप २०२४ फाइनल हेर्ने फुटबल प्रशंसकहरूले भरिएको उक्त सार्वजनिक स्थलमा कार बम विस्फोट भएको स्रोतले जनाएको छ । विस्फोटमा नौ जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएको राष्ट्रिय सुरक्षा निकायका…