एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल नजिक भएको विस्फोटमा मृत्यु हुनेको संख्या ६० पुगेको छ । दर्जनौं घाइते भएका छन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मृत्यु हुने ६० जनामध्ये १३ जना अमेरिकी नागरिक छन । उनीहरु अफगानिस्तानबाट अमेरिकीसँगै अन्य देशका नागरिकलाई फिर्ता ल्याउन खटिएका थिए । बिहीबार साँझ दुई वटा विस्फोट भएका थिए…