३० चैत्र २०८२, सोमबार | April 14, 2026

यी शिक्षिका जसले आफ्नै छात्रलाई बारम्बार बलात्कार गरिन



न्युयोर्क । तीन वर्षअघि प्रहरीले २८ वर्षकी अंग्रेजी शिक्षिका जेनिफर क्यासवेल र उनका १५ वर्षीय छात्र मिसिसिपीको एउटा होटलबाट पक्राउ गरेको थियो । विद्यार्थीसँग यौन सम्पर्क गरेको हल्ला चलेपछि उनले पक्राउ हुनु दुई महिनाअघि ओक्लाहोमको होलिस मिडिल स्कुलबाट राजीनामा दिएकी थिइन् । र, अहिले प्रमाण फेला परेको छ ।

यो जोडीले छात्रको घर, कक्षा कोठालगायत अन्य स्थानमा बारम्बार यौन सम्पर्क गरेको थियो । केटालाई भेट्न ओक्लाहोमाबाट ६५० माईल पूरा गरे मिसिसिपीसम्म पुग्दा जेनिफर पक्राउ परेकी थिइन् ।

बलात्कार, बच्चालाई प्रलोभन र जबरजस्ती यौनसम्बन्धी कसूरमा उनलाई अदालतले दोषी ठहर गर्दै १० वर्षको जेल सजाय तोकेको थियो । सो अपराधका लागि १० लाख डलर क्षतिपूर्ति दिन अदालतले थप आदेश दिएको छ ।

छात्र र उसको बुबाले जेनिफर र स्कूलबिरूद्ध दायर गरेको मुद्दाको फैसला गर्दै एक संघीय न्यायाधीशले पूर्व शिक्षकले छात्रको परिवारलाई १० लाख डलर रकम तिर्न आदेश दिएको हो ।

जिल्ला न्यायाधीश रबिन जे काउथ्रोननले भने, ‘एउटी शिक्षिकाले आफ्नो विश्वास र अधिकार दुरुपयोग गरी एक युवकलाई यौन उल्लंघन गरिन, जसका कारण युवकले बाँकी जीवनमा मुठभेडको भावनात्मक असर सामना गर्नेछन ।’

छात्रले उदासीनता, एक्लोपन, र घटनाहरूका लागि आत्मग्लानी अनुभूति गरेको पनि न्यायाधीशले बताएका छन् ।

बालकलाई भविष्यमा महिलाको साथीलाई स्वीकार गर्न र महिला अधिकारीहरूलाई विश्वास गर्न समस्या हुने मानसिक स्वास्थ्य व्यावसायीले अनुमान गरेको पनि फैसालमा उल्लेख छ ।

यसैबीच, जेनिफरसँग रकम नभएकोले पीडितका परिबारले पैसा नलिन सक्ने छात्रका वकिल बब वायटले बताएका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  २ : १२ बजे

बाँकेको खजुरामा ‘एम्टी एरिना प्रथम खजुरा गोल्डकप’ सुरु, गोर्खा ब्वाइजको विजयी सुरुवात

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका-४ डी-गाउँमा ‘एम्टी एरिना प्रथम खजुरा

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक

गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबीच भेट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र

सर्वसुलभ शुल्कमा दन्त सेवा दिँदै बुटवलको आधुनिक समाज डेन्टल केयर

बुटवल । बुटवल पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले