७ आश्विन २०८३, बुधबार | September 23, 2026

सिड्नीमा सन् १९६३ पछिको डरलाग्दो घटना, सार्कले खायो पौडीबाजलाई



सिड्नी । अस्ट्रेलियाको सिड्नीमा पौडी खेल्ने क्रममा सार्कको आक्रमणमा परेर एक जनाको मृत्यु भएको छ । सिड्नीमा सन् १९६३ पछि पहिलो पटक सार्कको आक्रमणमा पौडी खेल्ने व्यक्तिको मृत्यु भएको हो ।

मालबार नजिक लिटल बे नजिक बुधबार मानिसको अवशेष फेला परेपछि आपतकालीन सेवा बोलाइएको थियो ।

न्यु साउद वेल्स राज्यका अधिकारीहरुले पीडितको नाम सार्वजनिक गरेका छैनन् । यसबारे थप अनुसन्धान सुरु गरिएको छ । लिटल बे र नजिकका अन्य समुद्री किनाराहरु बन्द गरिएका छन् ।

स्काई न्युज अस्ट्रेलियाका अनुसार बुधबार स्थानीय समयअनुसार दिउसो साढे ४ बजे सार्कले आक्रमण गर्दा सो क्षेत्रमा दर्जनौ मानिसहरु पौडी खेलिरहेका थिए ।

त्यस्तै, केही मानिसहरुले माछा नजिकको ढुंगामा माछा मारिरहेका थिए । ‘केही व्यक्तिहरु पौडी खेलिरहेका थिए, त्यसैबेला सार्क आएर उसलाई आक्रमण गर्यो’, एक जना साक्षीको भनाई उदृत गर्दै सो समाचार संस्थाले जनाएको छ ।

‘हामीले चिच्याहट सुन्यौं र फर्कियौं । एउटा कार पानीमा झरेको जस्तो देखिएको थियो,’ उनले भने ।

त्यसबेला चट्टानमा माछा मारिरहेका अर्का व्यक्तिले एबीसी न्यूजलाई भने—पौडीबाज पहिले चिच्याइरहेको थियो । जब ऊ तल गयो त्यहाँ धेरै छर्राहरू थिए । उनले थपे, ‘उनी रमाइलोका लागि पौडी खेल्न गएका थिए, तर सार्कले उनको ज्यान लियो ।’

घाइतेलाई विपत्तिजनक चोटपटक लागेको र त्यहाँ चिकित्सकले केही गर्न नसक्ने न्यू साउथ वेल्स एम्बुलेन्स सेवाले जनाएको छ । एजेन्सी

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ९ : ४५ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११