भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा फुटपाथमा सुतेका बेघर मजदुरमाथि ट्रकले कुल्चिँदा १३ जनाको मृत्यु भएको छ । सोमबार राति कोसाम्बा क्षेत्रस्थित किम–मान्डवी रोडको पालोडगाम नजिक फुटपाथमा सुतेका मजदुरमाथि ट्रक कुल्चिँदै अघि बढेको थियो । दुर्घटनामा १२ जनाको घटनास्थलमै र अन्य एकको उपचारको क्रममा मृत्यु भएको थियो । अन्य सात जना घाइतको उपचार भैरहेको भारतीय…